शेयर बजार सुधारकै गतिमा २४८८ बिन्दुमा परिसूचक पुग्दा १४ अर्बको कारोबार

अर्थकागज
प्रकाशित: ०६ साउन २०८१
Image description

काठमाडौँ । सामान्य घटबढपछि आज शेयर बजार केही अकंले बढ्न पुगेको छ । सोमबार लगानीकर्ताहरु नाफा बुक तम्सिदा शेयर बजारमा उतर चढाव आएको थियो। गएको १५ दिन भित्रै निरन्तर उकालो लागेको शेयर बजारमा लगानीकर्ताहरु नाफा बुक गर्न अग्रसद देखिए ।

नेप्से परिसूचक आज २५ सय बिन्दुमा पुगेको थियो। आज अन्तिमसम्ममा नेपाल स्टक एक्सचेञ्ज नेप्से २.१५ अकंले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

सोमबार फाइनान्सतर्फ ०.७१ प्रतिशत, हाइड्रोपावर समूहतर्फ १.७४ प्रतिशत, जीवन बीमा समूहतर्फ ०.०१ प्रतिशत, म्युचुअल फण्ड समूहतर्फ ०.७८ , व्यापार समूहतर्फ १.४३ प्रतिशतसहित ७ समूहमा हरियाली आएको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेमा देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर