भुजुङ्ग हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुदै

अर्थकागज
प्रकाशित: २७ माघ २०८२
Image description

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइपिओ आज बिहान ९ बजे बाँडफाँड हुने जानकारी दिएको हो ।

यहि माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आइपिओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आइपिओ ८३ हजार जनालाई लक्की ड्रबाट १०-१० कित्ता शेयर पर्ने छ । जस अनुसार २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर