ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट
प्रकाशित:
१४ चैत २०८२
ठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
रिट अध्ययनको क्रममा रहेको र दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले बताएको छ ।
शाक्यले रिटमा कानुन विपरीत आफ्ना श्रीमान ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरेकी छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares