राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पौडेलको नेतृत्वमा समिति गठन

अर्थकागज
प्रकाशित: ११ चैत २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको एक मन्त्रीले बताए ।

समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका ती मन्त्रीले बताए । वर्तमन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैतमा सकिँदैछ । अधिकारीको कार्यकाल सकिन लागेसंगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर