नेको इन्स्योरेन्सले ल्यायो नबिकेको हकप्रद शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिने

अर्थकागज
प्रकाशित: ११ वैशाख २०८२
Image description

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत आजदेखि बिक्री खुला भएको छ ।

कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजी ५० करोड ३० लाख ९० हजार १५५ रुपियाँले हुन आउने २५ प्रतिशत अर्थात् ४ कित्ता बराबर १ कित्ता अनुपातमा १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । जसमा ४८ लाख ५ हजार ६४०.२० कित्ताका लागि रीतपूर्वक आवेदन दिनएका लगानीकर्ताले शेयर हात पारिसकेका छन् । यसरी बाँडफाँटमा नपरेको संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारणतर्फको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी कुल २ लाख २५ हजार २६१.३५ कित्ता कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयरमा लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न जोकोही इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले प्रतिकित्ता के कति रेटमा खरिद गर्ने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता वा अधिकत सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शिलबन्दी सानिमा क्यापिटल र नेको इन्स्योरेन्सका देशभरका शाखामा बुझाउन सकिनेछ भने बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । 

प्रतिक्रियाहरू

Yogendra prasad niure

1 year ago

Mero share app bhata pane bharn milne bhayo rambro hunthyo

सम्बन्धित खबर