नयाँ सरकारसँगै सेयर बजारमा रौनक : ६१.६१ अंकले बढेको बजारमा १५ अर्ब माथिको कारोबार

अर्थकागज
प्रकाशित: ०५ साउन २०८१
Image description

काठमाडौं । साताको पहिलो दिन (आज) आईतबार सेयर बजार ६१.६१ अंकले बढेको छ । बजार बढ्दा  नेप्से परिसूचक परिसूचक २४ सय ८८ दशमलव ९४ अंकमा पुगको छ । बढेको बजारमा ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँको कारोबार भएको छ । आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ५६ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । परिसूचक उत्साहजनक रुपमा बढ्दा ९ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । यसमध्ये २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दा ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । यसक्रममा सबैभन्दा धेरै होटल समूहको सूचक २५९ अंकले र व्यापार समूहको सूचक २३० अंकले बढेको छ । यस्तै उत्पादनमूलक उद्योग समूहको सूचक २१३ अंकले बढेको छ । यसबाहेक जीवन बीमा समूहको सूचक १७४ अंकले बढेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर