आईपीओ निष्काशनको प्रस्ताव सहित ठमेल होटल प्लाजाले डाक्यो साधारणसभा
प्रकाशित:
१५ फागुन २०८०
काठमाडौं । आईपीओ निष्काशनको प्रस्ताव सहित ठमेल होटल प्लाजाले साधारणसभा आह्वान गरेको छ । होटलको माघ ९ गते बसेको संचालक समिती बैठकले चैत्र ७ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
होटलको साधारणसभा चैत्र ७ गते दिनको ४ बजेदेखि ठमेल होटल प्लाजा ठमेल, काठमांडौमा सुरु हुनेछ । सभाले पूँजी संरचना परिवर्तन सहित सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) निष्काशनको बिशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares