कामना सेवा विकास बैंकको नाफामा ६७ प्रतिशत छलाङ्ग

अर्थकागज
प्रकाशित: ०८ साउन २०८१
Image description

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा  ६६.९२ प्रतिशतले वृद्धि देखियको छ ।

असार मसान्तसम्ममा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख रुपैयाँ थियो। यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ ३८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६४ रुपेयाँ ४८ पैसा रहेको छ भने मूल्य अनुपात २२.६३ गुणा रहेको छ। बैंकको  चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर