सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थकागज
प्रकाशित: ०९ साउन २०८१
Image description

काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा ७५.०३ प्रतिशतले वृद्धि देखियको छ ।

असार मसान्तसम्ममा संथाले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा १ करोड ३६ लाख रुपैयाँ थियो। यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८१.९४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ७.८५ रुपैयाँँले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १४९ रुपेयाँ ५५ पैसा रहेको छ भने मूल्य अनुपात ८३.९५ गुणा रहेको छ। १० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर