रिलायबल नेपाल लाइफको आईपीओमा आवेदनको ओइरो,कति गुणा बढी पर्यो आवेदन ?


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।
सीडीएसका अनुसार आज बिहीबार साँझ ५ः०६ बजेसम्ममा १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि ३ अर्ब ३५ करोड ६२ लाख ८१ हजार २२० रुपैयाँ बराबरको आवेदन दिएका छन ।
यो मागभन्दा १.३६ गुणा बढी आवेदन हो । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले साउन २३ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो ।
यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
Shares