एनआईसी एशिया बैंकको खुद नाफा १.३८ अर्ब,अन्य अवस्था कस्तो ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा गिरावट देखियको छ ।
असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा खुद नाफा ४ अर्ब ४४ करोड थियो ।
यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी पनि ५३.८३ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ९ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। बैंकको खराब कर्जा बढेर १.७४ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.११ प्रतिशत रहेको थियो ।
Shares