प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसी नेपाल द्वारा १ करोड २५ लाख सहयोग

अर्थकागज
प्रकाशित: १८ भदौ २०८३
Image description

काठमाडौं । हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड-एलआईसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्श कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफ हार्दिक समवेदना प्रकट गर्दछ र साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछ । विपद्को समयमा राज्य र समुदायसँगै उभिँदै आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर