एशियन लाइफको हकप्रदमा आवेदन दिने म्याद थप

अर्थकागज
प्रकाशित: १३ साउन २०८२
Image description

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रदमा आवेदन समय थप गरिएको छ । कम्पनीले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रदमा समय थप गरी अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाइसकेको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर