अपि पावरको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालक पदमा मिलन खड्का नियुक्त भएका छन् । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । खड्काको उर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभव रहेको छ । युवा उद्यमीको रुपमा परिचित खड्का सेयर बजारका सक्रिय लगानीकर्ता समेत हुन् ।
कम्पनीको कार्तिक २५ मै बसेको संचालक समितिको बैठकले मधुसुदन कोइरालाको संयोजकत्वमा अडिट कमिटी, द्वारिका प्रसाद न्यौपानेको संयोजकत्वमा मानव संशाधन कमिटी र मिलन खड्काको संयोजकत्वमा जोखिम व्यवस्थापन कमिटी गठन गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर