हकप्रद रद्द गर्ने प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो बार्षिक साधारणसभा, कहिले र कहाँ ?

अर्थकागज
प्रकाशित: ०२ जेठ २०८२
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद रद्द गर्ने प्रस्तावसहित जेठ २६ गते सोमबार साधारणसभा बोलाएको छ । सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आ.ब.२०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरुको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने सामान्य प्रस्ताव गर्नेछ ।

त्यसै गरी सभाले आ.ब.२०८०/८१ को सचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनको (कर लाग्ने भएमा) निमित्त ०.४२१ प्रतिशत को नगद लाभांश पारित गर्ने, सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस शेयर वितरण पश्चात नियामक निकायले तोकेको चुक्ता पूंजी कायम हुने भएकोले उक्त निर्णय रद्द गर्ने प्रस्ताव पारित गर्ने, बोनश शेयर जारी पश्चात हुन आउने रु. ५,१०,३६,४८,००० बराबर चुक्ता पूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्च भएको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रसभा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर