मुक्तिनाथ बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

अर्थकागज
प्रकाशित: २४ चैत २०८१
Image description

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै SEE परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुग्ने बैंकले जनाएको छ ।

सो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने जनाइएको छ । बैंकले मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्ने जनाएको छ ।

यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेल सम्मको लागि निः शुल्क मोबाइल बैङ्किङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा MERO SHARE दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर