आजदेखि श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

अर्थकागज
प्रकाशित: २५ असोज २०८२
Image description

काठमाडौं। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आज अर्थात असोज २६ गतेदेखि बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १० हजार ४ सय ९३ कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । कम्पनीले बिक्री खुला गरेको आईपीओमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

श्रीनगर एग्रीटेकले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर