नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

अर्थकागज
प्रकाशित: २२ वैशाख २०८२
Image description

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । यस अवसरमा देशका १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो ।  कम्पनीले देशका सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगन्जमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगन्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, शेयरधनी तथा कर्मचारीलगायत सबै सरोकारवालामा धन्यवाद तथा शुभकामना दिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर