वरुण हाइड्रोपावर ४ करोड ९२ लाख रुपैयाँ घाटामा

प्रकाशित:
२७ वैशाख २०८१

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावर नोक्सानीमा देखिएको छ ।
समिक्षा अवधिमा हाइड्रोपावर ४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावरले १ करोड ४२ लाख रुपैयाँ कमाएको थियो । बाढीका कारण कम्पनीको हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नहुँदा कम्पनी नोक्सानीमा पुगेको हो।
समिक्षा अवधिमा जलबिद्युतको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ४१ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares