सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: २४ भदौ २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३४ सयले बढेर तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर