हिमालयन रिको आईपीओ बिक्यो,सोमबार आवेदन दिने अन्तिम दिन

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८०
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले निष्कासन भएको आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ कम्पनीको अनुसार आइतबार ५ बजेसम्म १४ लाख ६० हजार ११७ जनाले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई जारी भएको कित्ताको मागभन्दा १.१२ गुणा बढी आवेदन हो ।

बुधबारदेखि खुलेको आईपीओमा चौथो दिनमा पूर्ण रुपमा आवेदन परेको हो । कम्पनीले धेरै सेयर संख्या जारी गरेकाले अधिकांश सर्वसाधारणले माग गरेजति नै सेयर पाउने संभावना देखिएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पूर्ण रुपमा आवेदन परेकाले सोमबारदेखि आवेदन लिने कार्य बन्द हुनेछ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।

प्रतिक्रियाहरू

DP Pandey

2 years ago

देश अगाडि बढाउन सरकार एबम नेताको haat हुन्छ भने कम्पनी लाई कता lagne भन्ने कुरा Management को haat मा हुन्छ. यदि सक्षम नेतृत्व chha भने अवश्य राम्रो hunecha

सम्बन्धित खबर