धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिय : अर्थ मन्त्रालयले पुनः बोलायो तीन जनालाई अन्तर्वार्तामा
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुत्तिको लागि पुन सर्टलिस्टमा परेका तीन जनालाई अन्तर्वार्ताको लागि बोलाएको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ ।
अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बोलाइएको हो ।
अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो ।
Shares