तारा गाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा
प्रकाशित:
१७ मंसिर २०८०
काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
होटल्स संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत (कर सहित) वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको होटल्सले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares