आईएमई लाइफको संचालकको पत्रपत्रिका खर्च १५लाख, व्यवस्थापन खर्च ६० करोडमाथि

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/ २०८० व्यवस्थापन खर्चमा ६० करोड २० लाख १९ हजार ९५९ रुपैयाँ खर्च गरेको छ । जसमा कर्मचारी खर्च  २३ करोड ४ लाख ८७ हजार ७६२ रुपैयाँ र अन्य व्यवस्थापन खर्चमा ३७ करोड १५ लाख ३२ हजार १९७ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले ८८ लाख ५८ हजार ६८७ रुपैयाँ तलव भत्ता बुझेका छन् । त्यसै गरी कम्पनीले अन्य व्यवस्थापनका पदाधिकारीहरुले १ करोड ३८ लाख ६२ हजार ८०७ रुपैयाँ खर्च गरको छ ।

कम्पनीले गत आर्थिक वर्षमा संचालकहरुको बैठक भत्ता बापत १९ लाख ६४ हजार रुपैयाँ र इन्धन, संचार र पत्रपत्रिका वापत १५ लाख ८ हजार ८७७ रुपैयाँ खर्च गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर