आगामी बर्ष शिखर इन्स्योरेन्सले डबल डिजिटमा लाभांश दिन्छः अध्यक्ष अग्रवाल
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले आगामी बर्ष लगानीकर्ताहरुलाई डबल डिजिटमा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । आज चैत्र ९ गते जारी कम्पनीको १९ औँ बार्षिक साधारणसभामा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । कम्पनीको १९ औँ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा विहान ११ बजेदेखि सुरु भएको थियो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल भएको थियो । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गरेको छ ।
प्रतिक्रियाहरू
Arun Agrawal
2 years ago
How much bonus & cash dividend will be distribute
Rajesh shankar adhikari
2 years ago
छट्टू को उधारो बोलीमा बेचिन्छौ हामी नेपाली
Shares