आज साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
प्रकाशित:
२७ फागुन २०८१
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले ५८औं वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि २९ गते बुक क्लोज गर्दैछ । भोलि सार्वजनिक बिदा भएकाले स्वतः नेप्से बन्द रहनेछ । त्यसैले आजसम्म कायम रहने शेयरधनीले लाभांश पाउनुका साथै कम्पनीको सभामा उपस्थित हुन पाउनेछन् । कम्पनीको सभा, चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितका लागि जम्मा गरेको राहत रकम पनि स्वीकृत गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares