युरिया मल आयो किसानले पाएनन्

अर्थकागज
प्रकाशित: १८ भदौ २०८०
Image description

उदयपुर । उदयपुर जिल्लाका किसानकालागि आवश्यक पर्ने युरिया मल आएको छ तर किसानले पाउन सकेको छैनन् । कृषि ज्ञान केन्द्र उदयपुरले किसानकालागि वितरण गर्न ३ सय मेट्रिकटन युरिया मल गाईघाटमा आएको तर कार्यालय प्रमुख नहुँदा वितरणमा बाधा भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेश कुमार चौधरीका अनुसार प्रदेश सरकारबाट प्राप्त भएको युरिया मल सदरमुकाम गाईघाटमा आएको छ तर वितरण भएको छैन । कार्यालय प्रमुख नहुँदा अनेकौ कामहरु रोकिएको छ जसमध्ये किसानकालागि अहिले अति आवश्यक मल वितरण गर्न सकिएको छैन ।

जिल्लाभित्रका किसानहरु मध्ये पहिलो चरणमा बाली सघनता हेरेर तीन बाली लगाउने किसानलाई प्राथमिकता दिएर धान खेती हुने पालिकामा वितरण गरिने छ । उदयपुरको धान खेती हुने क्षेत्रमा त्रियुगा नगरपालिका, कटारी नगरपालिका,चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, उदयपुरगढी गाउँपालिका पर्दछन । अन्य पालिकामा पनि धान खेती हुन्छ तर न्युन रुपमा हुने गरेको छ । कृषि ज्ञान केन्द्रको सिफारिस अनुसार नै कृषि सामाग्री कम्पनिले मल वितरण गर्ने छ । जिल्लाको पहाडी क्षेत्रका किसानकालागि पनि मल वितरण हुनेछ तर धान खेती हुने क्षेत्र हेरेर थोरै परिणाममा वितरण गरिने सूचना अधिकारी चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर