भदौ ३ गतेदेखि खानीखोला हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला हुने
प्रकाशित:
१६ साउन २०८२
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपियाँबराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । असार २६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares