निलगिरी खोला हाइड्रोपावरको साधारणसभा आज, आईपिओ निष्काशनको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: २० वैशाख २०८१
Image description

काठमांडौ । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा आज २०८० साल बैशाख २० गते आर.बी कम्प्लेक्स लाजिम्पाट,काठमांडौमा विहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर