आईपिओ निष्काशन गर्दै कृति भेन्चर फन्ड

अर्थकागज
प्रकाशित: १७ वैशाख २०८१
Image description

काठमाण्डौ । कृति भेन्चर फन्ड लिमिटेडले सर्वसाधारणहरुका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको बैशाख ७ गते बसेको संचालक समिती बैठकले जेठ ८ गते मंगलबारलाई साधारणसभा डाक्ने निर्णय गरेको थियो । कम्पनीको साधारणसभा टिम कर्पोरेट सेन्टर गैरीधारा, काठमांडौमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।

सभाले आईपिओ निष्काशनसहित गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश, आईपिओ निष्काशन कार्यकालागि कम्पनीको तर्फबाट अख्तियारी दिने लगाएका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर