राधी जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि भोलि (पुस ४) बुक क्लोज गर्दैछ । अतः आजससम्म कायम सेयरधनी प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागी बन्न योग्य हुनेछन् ।
कम्पनीको वार्षिक साधारणससभा भने पुस १८, दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यू, तिखेदेवल ललिलपुरमा बिहान १० बजे बस्नेछ । सभामा शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
साथै कम्पनीले १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६।४४ कित्ता हकप्रद जारी गर्ने बताएको छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
Shares