आज महुली लघुवित्तको एफपीओ बाँडफाँड हुँदै


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँड हुने भएको छ । संस्थाले पुस ५ गतेदेखि पुस ९ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।
उक्त कम्पनीको एफपीओमा १७ लाख ८५ हजार ८ सय ५३ जनाको आवेदन परेको छ । २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपियाँबराबरको २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपियाँ बराबरको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्काशन गरेको थियो । उक्त शेयर ४७ हजार ५ सय ३५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् । यसरी हेर्दा १७ लाख ३८ हजार बढीको हात खाली हुने निश्चित छ ।
Shares