लगानीको सुनौलो अवसर ! आजदेखि घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार कित्ताको सेयर लिलामीमा बिक्री खुला


काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले अर्थात माघ ९ गतेदेखि ३२ लाख १७ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले यस अघि १ बराबर २ अनुपातमा निष्काशन हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त समयमा नविकेको हकप्रद सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न मिति तोकेको छ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सक्नेछन।
कहाँबाट आवेदन दिने ?
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ ।
Shares