विपद्का कारण दुईको मृत्यु पाँच घर क्षती
उदयपुर । उदयपुरमा असार २२ गतेदेखि २४ गतेसम्म परेको वर्षाका कारण विपदमा परी २ जनाको ज्यान गएको छ भने ५ वटा घरमा क्षती पुगेको छ ।
वर्षाका कारण खोला खहरेहरुमा बाढी आएका कारण खोला तर्न नसक्दा २ जनाले ज्यान गुमाउन पुगेका छन् भने पहिरो तथा अत्यधिक वर्षाका कारण जमिन गलेर ५ वटा घर नै भत्किएको छ । उदयपुरको पहाडी क्षेत्र बढी प्रभावित भएकोले रौतामाई ५ आपटारका नगेन्द्र राईको ५ वर्षिय छोरा राज राईलाई अमृत खोला तर्न नसक्दा बाढीले बगााई सयमिटर पर लगेको र आफन्तले उद्धार गर्दा जाादा नावालक राईको मृत्यु भैसकेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै उदयपुरकै बेलका नगरपालिका ३ सातपत्रेमा गिदेरी खोलाले ५० वर्षका इन्द्र बुढाथोकीलाई बगाएकोमा सोमबार इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले खोजतलास गर्दा फेला पारेको जिल्ला प्हरी कार्यालय उदयपुरले जनाएको छ ।
दुई दिनको निरन्तर वर्षाका कारण जमिन गलेर, पहिरोले तथा भूक्षयका कारण उदयपुरगढी ३ सुकुलटारका नर बहादुर पुलामी मगरको ढुङ्गा, माटोले बनेको खरको छाना भएको २ तले घर भत्किएको छ भने सोही ठाउँकी ६९ वर्षकी राममाया पुलामी मगरको २ तले फुसको छानो भएको माटो र ढुङ्गाले बनेको घर पनि भत्किएको छ । आफ्नो घर भत्किएपछि नर बहादुरको परिवार आफ्नी आमाको घरमा बसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका वडा नं १६ ढाँडखर्कका रमेश तामाङको ढुङ्गा माटोले बनेको फुसको छानो भएको घर भासिएको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं १ अमर राईको ढुङ्गा माटोले बनेको फुसको छानो भएको घर र सोही ठाउँ बस्ने माया सेर राईको घरको गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
वर्षाका कारण उदयपुरगढी, लिम्चुङबुङ, त्रियुगा नगरपालिका समेतमा गरी जममा ३ लाख ५५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
वर्षाकै समयमा चौदण्डीगढी नगरपालिका वडा नं ३ हात्तिसार बस्ने ध्रुव थापा मगरको टिनको बेरा र छाना भएको एक तले २ कोठे घर शनिबार जंगली हात्तीको हुलले भत्काएको छ भने घरभित्रका अन्नपात लत्ता कपडासमेत नास गरेको छ । सोही दिन सोही वडाको भान्जी डाँडामा रहेको भोटुमान राईको एक विगाहामा लगाएको धानबाली पूर्ण रुपले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
हात्तीका कारण ध्ूव थापाको ५० हजारको र भोटुमानको ६० हजारको गरी १ लाख १० र वर्षाका कारण घर भत्कदा ३ लाख ५५ हजार गरी कुल ४ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Shares