इप्पानमा भ्लोन समूहबाट ६ जना उम्मेदवार निर्विरोध निर्वाचित
प्रकाशित:
२७ जेठ २०८३
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन समूहको तर्फबाट विभिन्न पदका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित
भ्लोनको प्यानलबाट उप महासचिव पदमा कविता पोखरेल, सचिवहरुमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेर मणि नेपाल, विजय मोहन भट्टराई र सुमन कुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी–विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् ।निर्विरोध निर्वाचित सबै उम्मेदवार उत्तम भ्लोन लामाको टिमका रहेका छन् ।
निर्वाचनमा भ्लोन र बलराम खतिवडा समूह निर्वाचनमा प्यानल बनाएर होमिएको छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares