पुनर्बीमा कम्पनीको पूँजी २० अर्ब पुर्याइने, हिमालयनले १०० प्रतिशत बढाउन पर्ने

अर्थकागज
प्रकाशित: १६ माघ २०८०
Image description

काठमाडौं । पुनर्बीमा कम्पनीहरुको पूँजी बढ्ने भएको छ। नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर २० अर्ब पुर्याउने निर्णय भएको हो । नेपालमा हाल नेपाल पुर्नबीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी २ वटा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा छन् ।

कम्पनीहरुलाई पूँजी बढाउन एक वर्षको समय सिमा दिने निर्णय प्राधिकरणले गरेको छ । २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन निर्णय भएको हो ।

असार मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब रुपैयाँ रहेको छ । यसआधारमा पुनर्बीमा कम्पनीले आफ्नो चुक्ता पुँजी ५६।१ प्रतिशतले वृद्धि गर्नुपर्नेछ भने हिमालयन रिइन्स्योरेन्सले १०० प्रतिशतले पूँजी वृद्धि गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

Arjun thapa

2 years ago

Ramro kura ho international ecrle rating b+diyako company ho Malai lag6 yasko future ramro cha

सम्बन्धित खबर