चार वटा कम्पनीले बोलाए साधारणसभा, कुनको प्रस्तावित लाभांश कति ?

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८०
Image description

काठमाडौं । चार वटा कम्पनीले साधारणसभा बोलाएका छन् । साधारणसभा बोलाउनेमा सानिमा माई हाइड्रोपावर लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

सानिमा माई हाइड्रोपावर लिमिटेड

यस कम्पनीले १२ औं वार्षिक साधारणसभा कात्र्तिक २३ गते सेलिब्रेशन हाइट, सुकेधारा, रिङरोड, काठमाडौंमा विहान ११ बजे बोलाएको छ । साधारणसभाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर ०.५२६३ प्रतिशत नगद लभांश पारित गर्दैछ ।

सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेडले २२ औं वार्षिक साधारणसभा मंसिर ५ गते आम्रापालि ब्याङक्वेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । साधारणसभाबाट ४.२१ प्रतिशत लाभांश पारित गर्दैछ ।

माण्डु हाइड्रोपावर लिमिटेड

यस कम्पनीले मंसिर १५ गते १२ औं वार्षिक साधारणसभा कोट्याई, छाया सेन्टर, ठमेल काठमाडौंमा विहान १० बजे बोलाएको छ । साधारणसभाले १० प्रतिशत लाभांश पारित गर्नेछ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

यस कम्पनीले मंसिर १५ गते विहान ९ बजे वेष्टर्न एसियन होटल, बुटवलमा १० औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले ८.६० प्रतिशत बोनस सेयर र ०.४५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर