नेपाल बैंकको साधारणसभा आज बस्दै
प्रकाशित:
०५ चैत २०८१
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा आज हलचोकस्थित नेपाल एपीएफ क्लबमा बस्दैछ। सभा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares