राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: १० माघ २०८१
Image description

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलको प्रमुख आतिथ्यतामा माघ १० गते, बिहीबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताउनुभयो । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गर्नुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिनुभयोे ।

प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले बैंकको ६० औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गर्नुभएको थियो । बैंकको ६० औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गर्नुभयो । । प्रमुख अतिथि एवं माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गर्नुभयो कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताउनुभयो । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको बताउनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताउनुभयो । उहाँले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै हामिले भर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराउनुभयो । २०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उहांले २०८१ पौष मसान्तमा बैंकको कोषको लागत ३।८१ प्रतिशत तथा आधारदर ५।४४ प्रतिशत रहेको बताउनुभयो । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर