युनिक नेपाल लघुवित्तको नाफामा ७४ प्रतिशतको गिरावट, एनपिएल १५.७९ प्रतिशत

.png)
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफामा गिरावट देखियको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७४.८७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिका लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २१.३६ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी पनि ७६.८९ प्रतिशतले घटेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा लघुवित्तको बार्षिकृत ईपिएस घटेर २१ रुपैयाँ ४८ पैसा पुगेको छ । समिक्षा अबधी सम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ९३.८६ रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३३९.६८ रुपैयाँ रहेको छ। लघुवित्तको खराब कर्जा बढेर १५.७९ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा १०.८२ प्रतिशत रहेको थियो ।
Shares