नेप्सेमा ३९.४४ अंकको गिरावट, ४ अर्ब ६६ करोडको कारोबार
प्रकाशित:
२८ वैशाख २०८३
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रो फाइनान्सको शेयर १२.४० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको १८ करोड ९९ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ९ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares