कुमारी बैंक र न्क्ष्श् नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धनका लागि सम्झौता

अर्थकागज
प्रकाशित: २३ असोज २०८२
Image description

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal)  बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत MoU मा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरू लाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (EMBs)  स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग प¥याउने विश्वास गरिएको छ ।

SET4NPL परियोजना GIZ nepal / Global Green Growth Institute (GGGI) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालन भईरहेको छ र यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस (EMBs)  सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ । आर्थिक सिमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । SET4NPL परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन mobile applications, GPS device, LED route display tyf open loop e-ticketing systemजस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याईएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस (EMBs)  प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (loan package)  र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (subsidy)  को व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर