नेपाली कांग्रेसको नेता भरत चौलागाईंको करोडौको ठगी धन्दा !
काठमाडौं । नेपाली कांग्रेसका रामेछाप जिल्लाका महाधिवेशन प्रतिनिधि भरत चौलागाईले मोही तल्सिनको केस मिलाइ दिन्छु भनेर ३ करोड ९२ लाख रुपैयाँ ठगी गरेका छन् । सानुभाई थापालाई मोही तल्सिनको केस मिलाई दिन्छु भनेर उक्त रकम ठगी गरेका हुन् । मोही तल्सिनको केस नमिलेपछि चौलागाईले थापालाई ३ करोड १२ लाख र ८० लाखको माछापुच्छ्रे बैंकको दुई वटा चेक दिएका थिए ।
उक्त चेक पटक पटक बैंकको क्लियरिङमा हाल्दा खातामा पैसा नभएपछि चेक बाउन्स भएको थियो । चौलागाईलाई खातामा पैसा हाल्दिन थापाले आग्रह गर्दा भोली पर्सि भन्दै पैसा नदिएपछि थापाले चौलागाई विरुद्ध आज जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी मुद्धा जाहेरी दर्ता गराएका छन् ।
ठगी मुद्धा जाहेरी दर्ता गराएसँगै कांग्रेस नेता चौलागाइको अहिले आएर ठगी धन्दाको पर्दाफास भएको छ । गाउँमा राजनीतिसँगै समाजसेवी हुँ भन्दै हिड्ने कांग्रेसका नेता चौलागाईले थापालाई मात्रै होइन सौरव केसीसँग पनि १ करोड ५० लाख रुपैयाँ ठगी गरेको पर्दाफास भएको छ । चौलागाईले सिजिको डिलर मिलाइदिन्छु भन्दै उक्त रकम ठगी गरेका हुन् । केसीसँग अहिले न त पैसा छ, न त सिजिको डिलर छ । यति खेर केसी तनावमा छन् ।
चौलागाईसँग अहिले पैसा फिर्ता माग्दा म देश चलाउने मान्छे हुँ, तेरो पैसा फिर्ता गर्दिन, भारतबाट गुण्डा ल्याएर सिद्धाइदिन्छु भन्दै धम्काउँदै आएको उनीहरुको भनाई रहेको छ ।
सिजिको डिलर मिलाइदिन्छु भनेपछि सौरवले बिनोद चौधरीको छोरा निर्वाण कुमार चौधरीको नाममा १ करोड ५० लाख समेत जम्मा गरिदिएका छन् । सौरभ केसीले पटक पटक सिजी ग्रुपको कार्यालयमा गई निर्माण कुमार चौधरीको असिस्टेन्ट अञ्जनालाई समेत आफु ठगिएको बताउँदै चौधरीलाई भेट्न आग्रह गरेपनि अझैसम्म भेट्न सकेका छैनन् । चौलागाईको ठगी धन्दा बाहिर आउने क्रममा जारी ।
Shares