आशा लघुवित्तको संचालकहरुमा सबै भन्दा धेरै कविता पोख्रेलको सेयर स्वामित्व, कुन संचालकको कति सेयर स्वामित्व ?

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८१
Image description

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा संचालक समितिका सदस्य कविता पोख्रेलको सवै भन्दा धेरै स्वामित्व रहेको छ । पोख्रेलको ३६ लाख ८ सय कित्ता सेयर रहेको छ । त्यसै गरी संचालक हेमन्त पौडलेको १८ लाख ४ सय कित्ता, अध्यक्ष बिष्णु मणि गौतमको १ हजार २६८ कित्ता र संचालक अविनाश सिलवाल २ हजार २४ कित्ता सेयर रहेको छ ।

संचालक सि.ए. विमल डंगोल (प्रतिनिधि राष्ट्रिय बाणिज्य बैंक लि.) र नारायण प्रसाद घिमिरे ( प्रतिनिधि नागरिक लगानी कोष) र स्वतन्त्र संचालक विजय कुमार श्रेत्रीसँग भने सेयर छैन् । प्रतिनिधि संस्थाको सेयर भएपनि प्रतिनिधित्व गर्ने व्यक्तिको भने सेयर छैन् । संस्थाको शुक्रबार अर्थात मंसिर ७ गते होटल उग्रचण्डी बनेपा ७ बनेपा बजार, काभ्रेपलाञ्चोक दिनको ३ बजे ८ औं बार्षिक साधारणसभा हुँदैछ । सभाले १५ प्रतिशत लाभांश पारित गर्नेछ । 

कुन संचालकको सेयर स्वामित्व कति ?


प्रतिक्रियाहरू

Bahutantra Pratap Singh Kshetree

4 months ago

शेयर िकत्त्ता तथ्यांकमा र समाचारमा फरक छ त । समाचार प्काशन अधि रूजू गरेकाे भए राम्राे ।

सम्बन्धित खबर