सम्पदा लघुवित्त र मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: ११ जेठ २०८२
Image description

काठमाडौं । सम्पदा लघुवित्त र मञ्जुश्री फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । सम्पदा लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको कुल २९ हजार ४०० कित्ता बिक्रीमा राखेको छ भने मञ्जुश्रीले शेयरसंख्या खुलाएको छैन । सम्पदा लघुवित्तको सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

त्यसैगरी मञ्जुश्रीको सेयर हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । उक्त सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने पनि संस्थाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर