बालेनलाई पितृशोक

अर्थकागज
प्रकाशित: १५ मंसिर २०८२
Image description

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको आज सोमबार निधन भएको छ ।उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर