हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन

अर्थकागज
प्रकाशित: १३ फागुन २०८२
Image description

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको असामयिक निधन भएको छ। कम्पनीका अनुसार घिमिरेको गत फागुन ११ गते निधन भएको हो।

उनी गत कात्तिक २१ गते मात्र कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका थिए। छोटो समयको कार्यकालमै उनले कम्पनीको संस्थागत सुशासन र व्यावसायिक विकासमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको कम्पनीले जनाएको छ।

सञ्चालक घिमिरेको निधनप्रति हिमालयन लाइफ इन्स्योरेन्सले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर