तारागाउँ रिजेन्सी होटल्स विदेशी कम्पनीको सेयर स्वामित्व ३१.१३ प्रतिशत, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २१ पुस २०८१
Image description

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा विदेश कम्पनीको सेयर स्वामित्व ३१.१३ प्रतिशत रहेको छ । यस होटल्समा डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड, (हङ्गकङ्ग) को २१.६० प्रतिशत र डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड ( वि.भि.आई) को ९.५३ प्रतिशत गरी कुल ३१.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस होटल्समा आईसिटिसी होल्डिङ्गको १०.०९ प्रतिशत, तारा गाउँ विकास समितिको ९.०१ प्रतिशत, आईसिटिसी प्रा.लि. को ७.८९ प्रतिशत, अरुण कुमार सराफ ६.५५ प्रतिशत, उमेश सराफ ६.५५ प्रतिशत, होटल याक एण्ड एति लिमिटेडको ३.५५ प्रतिशत, हिटाची लिमिटेडको २६९ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको १.५९ प्रतिशत, विरेन्द्र कुमार साह १.१४ प्रतिशत, वरुण सराफ १.१४ प्रतिशत, देवेश सराफ १.१४ प्रतिशत, हायात इन्टरनेशनल कर्पाेरेसनको १ प्रतिशत, राजेश लाल श्रेष्ठको ०.७६ प्रतिशत र अन्य सेयरनीहरुको १५.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

कसको कति सेयर स्वामित्व २


प्रतिक्रियाहरू

सम्बन्धित खबर