कुमारी बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ५.६१ प्रतिशत ब्याज दिने

अर्थकागज
प्रकाशित: ३० जेठ २०८१
Image description

कुमारी बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनामा भन्दा निक्षेपको ब्याजदर घटाएको छ । 

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.२६ प्रतिशतदेखि अधिकतम ५.२६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ६.२६ प्रतिशत ब्याज दिनेछ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.२६ देखि ६.७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ५.२६ देखि ६.५६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.२६ देखि ५.६१ प्रतिशत ब्याज दिने छ भने बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.५१ प्रतिशत रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर