साना जलविद्युत आयोजनालाई संकटबाट बचाउन आन्दोलनको तयारी

अर्थकागज
प्रकाशित: ०२ माघ २०८१
Image description

काठमाडौं । साना जलविद्युत आयोजनालाई वित्तीय संकटबाट बचाउन उत्पादकहरूले आन्दोलनको तयारी गरेका छन् । कुल १० मेगावाटभन्दा साना जलविद्युत आयोजना निर्माण गर्ने कम्पनी वित्तीय संकटमा परेको भन्दै यसका उत्पादकहरूले आन्दोलन गर्ने बताएका हुन् । साना जलविद्युत आयोजना र विज्ञ संलग्न रहेको ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपाल नामक संस्थाले गरेको बहस कार्यक्रममा सरकारले नीतिगत अवरोध नहटाएको कारण ११० वटा साना जलविद्युत आयोजना सञ्चालन गरेका कम्पनीमध्ये अधिकांश घाटामा रहेको संस्थाका संयोजक सूर्य अधिकारीले जानकारी दिए ।

उनका अनुसार ठूला जलविद्युत आयोजना र साना आयोजनाबीच विद्युत खरिद सम्झौता (पिपिए) मा रहेको असमानता हटाउनुपर्नेछ । साना आयोजनालाई लगाइएको रोयल्टी शुल्क हटाउनुपर्ने, पिपिए दर बढाउनुपर्ने लगायतका छन् । साना जलविद्युत आयोजनाले प्रसारण लाइनमा जोड्ने ‘ग्रिड कनेक्सन’ मा समेत अफठ्यारो भोगिरहेको उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर